सिस्नो अङ्ग्रेजीमा Stinging nettle भनेर चिनिन्छ । बनस्पति बैज्ञानिकका अनुसार नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो ।प्रशस्त मात्रामा औषधिय गुण रहेको यो बनस्पति उमालेर पकाएर खान सकिन्छ ।सामान्य जनजिविकाका परिवारले खाने चिजको रुपमा बुझिएको सिस्नो नेपालीले नचिनेरै खेर गएको छ । बहु गुणयुक्त सिस्नो रौ जस्तो झुसमा हुने फर्मिक अम्ल पोल्ने जलन हुने हुन्छ । तर, पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । र खान योग्य हुन्छ ।

सिस्नोका केके पाइन्छ ?

यसमा हुने भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल ९ल्भततभि कयगउ० लामो समय देखि प्रचलित रहेको छ।

यसमा २५ प्रतिशतसम्म प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान गउडा चीज ९न्यगमब० र यार्ग ९थ्बचन० मा स्वादको लागि प्रयोग गरिन्छ।

यस्ता छन् सिस्नो खानाले हुने फाइदाः

– सिस्नोमा पाइने फलामले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ ।

– कपाल झर्ने समस्या र डन्डिफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सिस्नो उपयोगी हुन्छ ।

– पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्दछ । साथै, अपचको समस्या समाधान गर्छ ।
– हाडजोर्नी दुख्ने वा बाथको समस्या भएका मानिसले सिस्नोको झोल खाएमा राहत मिल्छ ।

– सिस्नो नियमित सेवन गर्दा मधुमेह र मुटुरोगबाट बच्न सकिन्छ ।

–यसले डिएनए क्षयीकरण हुनबाट बचाउनुका साथै नयाँ कोष निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

उपयोग विधि

– सिस्नोलाई राम्ररी पखालेपछि उमालेर तरकारी पकाउन सकिन्छ । यसको तरकारीमा नुन, खुर्सानी, लसुन, टिमुर आदि हाल्न सकिन्छ ।

– सिस्नो मसिनो गरी काटेर घाममा सुकाई धुलो बनाउने । उक्त धुलोलाई तरकारी र सुपमा राखेर पनि खान सकिन्छ ।

– सिस्नोलाई राम्ररी पकाएर भात तथा मकैको च्याख्लासँग मज्जाले खान सकिन्छ । आजभोलि सिस्नोको चिया खाने चलन पनि छ । ग्रिन टी जसरी नै सिस्नोको धुलो हालेर चिया बनाउन सकिन्छ ।

वीकीपेडिया लगायत विभिन्न श्रोतमा तयार गरिएको