काँग्रेस नेता तथा पुर्व मन्त्री नविन्द्रराज जोशीलाई मष्तिष्कघात भएको छ । उनको २२ दिनदेखि काठमाडौँको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

मष्तिष्कघात भई उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ ।हाल भेन्टिलेटरमा राखेर उनको उपचार जारी राखिएको छ । उनको आमा भने अस्पतालको बाहिर बसेर छोराको स्वास्थ्यलाभको कामना गरिरहेकी छिन् ।

अध्यारो अनुहार लगाएर आफ्नो छोरा चाडै निको होस भनेर कामना गर्दै अस्पतालमा बसेकी आमाको तस्विर देखेर सामाजिक सञ्जालमा बिभिन्न टिप्पणीहरु आइरहेका छन् । आमालाई आफ्नो सन्तानको माया कति हुन्छ भनेर यहीबाट झल्किने पत्रकार लालकुमार मोक्त्तानले बताए।

कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार निर्माण हुन्छ : महामन्त्री कोइराला
नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार निर्माण हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नयाँ सरकार निर्माणका सम्बन्धमा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग वार्ता एवं छलफल भइरहेकाले चाँडै निर्णय हुने जानकारी दिनुभयो ।

उहाँले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताउँदै तीन दलबीच सहज बहुमत पुग्ने हुनाले वर्तमान सरकार हट्ने दाबी गर्नुभयो। महामन्त्री कोइरालाले संसद्को निर्वाचनका लागि तीन वर्ष समय रहे पनि नयाँ बन्ने सरकारले निर्वाचनको नयाँ मिति घोषणा गरी आगामी मङ्सिरमा निर्वाचन गर्ने सम्भावना रहेको छ भन्नुभयो ।

महामन्त्री कोइरालाले वर्तमान सरकारले संसद् विघटन गरेको हुनाले यसलाई कुनै पनि हालतमा समर्थन नगर्ने प्रष्ट पार्दै विगत तीन वर्षमा जनता खुशी हुने कार्य सरकारले नगरेको आरोप लगाउनुभयो । उहाँले कांग्रेसको महाधिवेशन घोषित मिति आगामी भदौमा सम्पन्न हुनेछ भन्दै यसका लागि क्रियाशील सदस्यको नवीकरणको कार्य भइरहेको जानकारी दिनुभयो ।