संसार वनाउनु र विगार्नुमा आइमाईको ठुलो हात हुन्छ । के गर्नु र आईमाईको वु्द्दि विग्रे पछि संसार विर्गाछ भन्थे त्यस्तै भएको छ एउटा घटना युपीको गोरखपुर जनपदको कैम्पियरगँज क्षेत्रमा । अहिले त्यहाँ उक्त घटना चर्चाको विषय वन्न पुगेको छ । हो यसै क्षेत्रको एक गाउँमा ३ वटा वच्चाकी आमा ७ कक्षामा पढ्ने छात्रको साथ फरार भएकी छिन् ।

केटाको परिवार पुलिसमा गुहार्न पुगेका छन् । केटाको उमेर जम्मा १५÷१६ वर्षको छ । अहिले पुलिस उक्त महिला र उनको साथ गएको ७ कक्षाको छात्रको खोजिमा जुटेको छ ।

गाउँलेहरुको भनाई छ कि उक्त महिला र छात्र लामो समयसम्म सँगै वसि धेरै नै घुलमिल भईराखेको थियो । तर कसैले पनि यसरी फरारै होलान् भनि सोचेको थिएन । १० मार्चको राती अचानक दुवै फरार भए । गाउँमा ३ वच्चाको आमा र ७ कक्षाको छात्र गायव भएको सुचनाले हल्लाखल्लि मचियो ।

केटाको परिवारले दुवै जनाको खोजिमा दिन रात एक गरेको वताएको छ । तर यत्रो खोजविन पछि पनि दुवैको कुनै सुराकी प्राप्त गर्न नसकेको वताएको छ । केटाको परिवारको उजुरी पनि पुलिस पनि चक्करमा परेको वताईएको छ । परिवार र केही गाउँलेसँग जानकारी लिए पछि पुलिस यो समस्याको छानविनमा जुटिसकेको छ । अव सिर्फ हेर्न वाँकी छ कि पुलिस कति छिटो समस्याको टुंगोमा पुग्छ ।