न्युयोर्कमा नेपाली लिफ्ट चालकमाथि मास्क नलगाएका यात्रुबाट आ क्रम ण भएको छ । न्युयोर्कको एल्महस्र्ट निवासी आशिष सापकोटामाथि मंगलबार बेलुका आ क्रम ण भएको हो ।

दुईजना यात्रुलाई पिकअप गरेर क्वीन्सको जमैकातर्फ जाँदै गर्दा बेलुका ७ बजेर ३९ मिनेट जाँदा आफूमाथि आ क्रम ण भएको सापकोटाले जानकारी दिएका छन् । एकजना पुरुष र एकजना महिला गाडीमा बसेपछि एकआपसमा झ ग डा गर्न लागेको र पुरुषले महिलालाई कु टपि ट गर्न थालेपछि आफूले असु र क्षित महसुस गरेर गाडी रोकेको सापकोटाले बताए ।

आफूले उनीहरुलाई झ गडा  नगर्न अनुरोध गर्दै गन्तब्यमा पुर्याइदिने बताएपनि उनीहरु कु टपि ट नै गर्न थालेपछि आफूले गाडी रोकेको सापकोटाको भनाई छ । त्यसपछि पुरुष यात्रुले फोन खो सेको तथा मुख र कानमा समेत हा नेको सापकोटाले बताए ।

त्यसपछि नजिकैको लिक्वेर स्टोरनेर गाडी रोकेपछि उनीहरु गाडीबाट झरेका थिए भने सापकोटाले ९११ मा प्रहरीलाई फोन गरेका थिए । त्यसपछि एम्बुलेन्समार्फत सापकोटालाई जमैका अस्पताल लगिएको थियो । राती अस्पतालमै राखेर उपचार गरिएपछि उनलाई आज विहान डि स्चार्ज गरिएको छ ।

आफ्नो कानमा असर गरेको र सुन्नमा समेत समस्या भइरहेको सापकोटाले जानकारी दिएका छन् । नेपालको बाग्लुङ स्थायी घर भएका सापकोटाले एकमहिनादेखि लिफ्ट चलाउँदै आएका थिए ।

क्यालिफोर्नियामा नेपाली उबर चालकमाथि आ  क्र मण भएको घ टना सेलाउन नपाउँदै यो घ टना भएको हो । एसियनमाथि घृ णा र हिं शा का घ टना बढिरहँदा न्युयोर्कको क्वीन्समा नेपाली उबर चालक कु टि एका हुन् ।