पोखरा-२०७५ भदौमा इ’न्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको थियो । प्या’राग्लाइडि’ङतर्फको पुरुष क्र’स क’न्ट्रीमा नेपाले रजत पदक हात पार्दै नेपालले चर्चा र प्रशंसा ब’टुल्यो ।पहिलो पटक भाग लिन पोखरादेखि गएको टोलीले प’दक नै जि’तेपछि प्या’राग्लाइडि’ङ प्रतियोगितामा बल्ल धेरैको नजर पुग्यो ।

त्योभन्दा अघि प्या’राग्लाइडि’ङलाई खेलको रुपमा समावेश गरिएकै थिएन । व्यावासयिक रुपमा पोखरामा उडान भरिने भए पनि खेलाडी उत्पादन गर्ने गरी राज्यले लगानी गरेकै थिएन ।प्या’राग्लाइडि’ङ प्रतियोगितामा प्र’तिस्पर्धा गर्ने गरी नेपाली सेनाले खेलाडी उत्पादन गर्ने सोच बनायो ।

एसियाली खेलकुदमा प’दक जि’ते यता नै नेपाली सेनाले प्या’राग्लाइडि’ङको तालिममा पठाउन थाल्यो ।खेलाडी उत्पादन गर्ने सेनाको योजनाअनुसार अहिले २ महिलासहित २३ जनाले प्या’राग्लाइडि’ङको तालिम लिइरहेका छन् ।त्यही टो’लीबाट १ महिनादेखि पोखरामा प्या’राग्लाइडि’ङको अभ्यास गरिरहेका थिए, धादिङको निलकण्ठ–२ सिउडीबारका २३ वर्षीय जवान राजाराम रानामगर ।

पोखरामै पनि प्या’राग्लाइडि’ङ प्र’तियोगिता हुँदै थियो । आउँदो प्र’तियोगितामा नेपालबाट भाग लिएर पदक जित्ने सपनासहित मगरले पोखराको आकासमा सोमबार सो’लो (एकल) उडान भरिरहेका थिए ।राजारामले हावामा कावा खाँ’दै पदक जि’त्ने सपना पूरा गर्न पाएनन् ।

अ’भ्यासकै क्रममा सोमबार प्या’राग्लाडिङबाट फेवातालमा ख’सेर मगरको ज्यान गएको छ । नेपाली सेनाको खेलकुद विभागबाट छ’नोट भएर पोखरामा ता’लिमका लागि आएका थिए ।‘प्या’राग्लाडि’ङको राष्ट्रिय खेलाडी उत्पादन गर्न छ’नोट गरेर हे’डक्वाटरले पोखरा पठाएको छ ।

१ महिनादेखि सो तालिम च’लारहेको थियो,’ नेपाली सेनाको पश्चिम पृतनाका सूचना अधिकृत सेनानी प्रेमप्रसाद पौडेलले भने, ‘तालिमकै क्रममा तालमा ख’सेर उपचारका क्रममा राजारामको ज्यान गयो ।’उ’डानकै क्रममा उनी फेवातालमा डु’बेका थिए । तत्काल उ’द्धार गरेर रानीपौवास्थित नेपाली सेनाकै अस्पतालमा उपचारका लागि पु¥याइएको थियो ।

उनको उपचारकै क्रममा मृ’त्यु भएको से’नानी पौडेलले जानकारी दिए ।का’लीजं’ग ग’ण रसुवामा कार्यरत राजाराम प्या’राग्लाडिङ अ’भ्यासका पोखरा आएका थिए । ‘विजयपुर ब्यारेकबाट सराङकोट पु¥याउने, ल्याउने काम भइरहेको थियो । राष्ट्रिय खेलाडि उत्पादन गरेर आउँदो प्रतियोगितामा सहभागी गराउने योजना थियो,’ पौडेलले भने, ‘तर, अ’भ्यासकै क्रममा फेवातालमा ख’सेका राजारामलाई ब’चाउन सकिएन ।’

राजारामको श’व बु’झेर परिवारले मंगलबार अ’न्त्ये’ष्टि गरिसकेको छ । ४ वर्षअघि मात्र नेपाली सेनामा प्रवेश गरेका राजारामले प्या’राग्लाडि’ङ प्रतियोगिताको अभ्यास गर्ने रु’चि देखाएका थिए । विभागले राजारामलाई छ’नोट गरी ता’लिमका लागि पोखरा पठाएको थियो ।‘प्रतियोगिता जि’त्छु । देशको नाम राख्छु भनेको थियो ।

दशैंमा घर गएर फर्किएको थियो,’ राजारामबा बुबा कुलबहादुर रानाले भने, ‘तर, सबै सपना अ’धुरै रहे ।’ कुलबहादुरकै कारण राजाराम पनि नेपाली सेनामा भ’र्ती भएका थिए ।कुलबहादुर अवकासप्राप्त नेपाली सै’निक हुन् । उनका दाजु ऋषि रानामगर सेनामै कार्यरत छन् ।

सँगै तालिम लिइरहेका सहकर्मीले राजारामले कु’शलतापूर्वक खेल सि’किरहेको र प’दक जि’त्ने दृढ विश्वास पनि उनमा रहेको बताए ।‘दु’र्घटनाका कारणबारे अनुसन्धान अगाडि बढिरहेको छ । प्राधिकरणले पनि अध्ययन ग’र्ला,’ से’नानी पौडेलले भने, ‘राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अभ्यास भइरहेकाले यसलाई ग’म्भीर रुपमा हेरिएको छ ।’