बुटवल । प्रहरीले बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मु,’क्का प्र,’हार गर्ने युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गणेश पंगेनी रहेका छन्।

उनलाई सोमबार साँझ बुटवलबाट पक्राउ गरिएको हो। पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। उनले सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मु,’क्का प्र,’हार गरेका थिए।

केहिदिन अघि बुटवल–३, ज्योतिनगरमा खसेको पहिरो अवलोकन गर्न आज त्यहाँ पुगेका एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीमाथि पंगेनीले मु,’क्का हा,’नेका हुन्। लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी समेत रहेका पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको खुलेको छ।

पहिरो अवलोकनका लागि मेयर, नगर प्रहरी, नेपाल प्रहरीको टोली पुगेको थियो। सो स्थानमा केहिदिन अघि ख,’सेको पहिरोका कारण धेरै घरहरूमा क्षति पुगेको छ। तर, पहिरोले ज्योतिनगरबासी विस्थापित र असुरक्षित हुँदा पनि स्थानीय सरकारले चासो नदिएकोप्रति उनीहरुले मेयरको चर्को वि,’रोध गरेका छन्।

पंगेनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा हुन्। पक्राउ परेका पंगेनीले प्रहरीसमक्ष का,’र्यशैलीप्रति चित्त नबुझेकाले आ,’क्रोशित भएर मु,’क्का हा,’नेको बताएका छन्। युनाको मु,’क्का बाट मेयर ढ,’लेका थिए