काठमाडौँ — अभिनेत्री निरुता सिंहले नेपाली फिल्मबाट ‘ब्रेक’ लिएको १३ वर्ष भइसक्यो । लामो समय फिल्म क्षेत्रमा सफल रहेकी निरुता आक्कल-झुक्कल पर्दामा देखा पर्छिन् ।

पछिल्लो समय मह संचारले बनाएको फिल्म ‘दालभात तरकारी’मा अभिनय गरेकी उनी अनमोल केसीको ‘क्याप्टेन’ मा पनि देखिएकी थिइन् ।अभिनेत्री निरुता सिंहका पछिल्ला केही महिना घोर निराशामा बिते। डेंगीले थलिएकी उनी हरेक दिन सोच्थिन् रे, ‘रोगैले मर्छु, मरिनँ भने पनि सुसाइड गर्छु।’

२०६४ सालमा इन्टेरियर डिजाइनिङ सिक्न भनेर मुम्बई हानिएकी उनको पहिलो चरणको सिनेमा यात्राले विश्राम लियो। पुरानो सन्दर्भ सुनाउँदै भनिन्, ‘इन्टेरियर डिजाइनिङ सिक्ने र मुम्बई फिल्म क्षेत्रसँग नजिक भई काम सिक्ने सोच बोकेर गएकी थिएँ।’

नायिका निरुता सिंहले भने जस्तो केटा नपाएर बिहे नभएको बताएकी छन् । पत्रकारले बिहे कहिले गर्ने भनेर सोधेको प्रश्नमा निरुताले केटा नै नभेटेको भन्दै टार्ने जवाफदिएकी छन् । जहिले बिहे कहिले गर्ने भनेर सोधेर मात्र हुन्छ कि मिडियाकर्मी दाजुभाइले पनि खोजिदिन भन्दै जिस्किएी छन् ।

नेपाली चलचित्र क्षेत्रले धेरै माया दिएको छ । नेपाल आउँदा सधै नै चलचित्र क्षेत्र र मिडियाकर्मीले सम्झेकोमा खुशी हुँदै नेपाली चलचित्र क्षेत्रमा काम गर्न म सधै तयार रहेको सुनाइन् ।निरुताले भनिन्, ‘मलाई लभ स्टेशनमा काम गर्न खुबै मन थियो । तर, बुबाको उपचारका कारण समय दिन सकिनँ ।’

पछिल्ला विकसित केही घ’टनाक्रमलाई हेर्ने हो भने नायिका निरुता सिंहले आफ्ना पुराना सहकर्मी कलाकार उत्तम प्रधानसँग काम गर्न नचाहेको देखिएको छ । उत्तम र निरुतलाई चलचित्रमा एकसाथ देखाउने निर्देशकको चाहना बारम्बार असफल भएको छ । चलचित्र ‘नाई नभन्नु ल ५’मा निरुता र दिलिप रायमाझी एकसाथ देखिएका थिए ।

निरुताले नायक उत्तम प्रधानसँग चलचित्र ‘दर्पणछाया, लहना’मा काम गरेकी थिइन् । यो जोडी सर्वाधिक हिट पनि भयो । लामो समयपछि यो जोडीलाई चलचित्र ‘दर्पण छाया २’मा देखाउने चाहना निर्देशक तुलसी घिमिरेले राखेका थिए । तर, सिक्किममा छायांकन भएपनि यो चलचित्रमा उत्तम प्रधान मात्र देखिए, निरुताले खेल्न मानिन् ।