काठमाडाैं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबारे प्रकाशित समाचारबारे उनका प्रेस प्रेस सल्लाहकार ध्रुव सुवेदीले खण्डन गरेका छन्। मुख्यमन्त्री राई हेलिकप्टर चढेर ससुराली गएको भन्ने समाचार आज (मंगलबार) विभिन्न सञ्चारमाध्यममा प्रसारण भएका थिए ।

आज यस समाचारको खण्डन गर्दै सुवेदीले गत फागुन १३ गते संखुवासभाको मकालु गाउँपालिकामा केन्द्रीय कमिटीले आयोजना गरेको जन सभामा मुख्यमन्त्री गएका र त्यस बेलाको तस्बिर भाइरल गराइएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको लेखेका छन्। साथै उनले राज्यकोष दोहन गरको समाचार प्रति पुष्टि गर्न चुनाैती समेत दिएका छन्।

राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँ पालिकाको सेदुवा र नोर्बु पुगेका हुन् । शेर्पाले सामाजिक सञ्जाल मार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रति क्रिया दिएकी छिन् । ‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँ पालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै स-परिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो’, उनले सामाजिक सञ्जाल मार्फत भनेकी छिन्, ‘म त ज’न्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहे छ !’

उनले त्यहाँ आफूहरु पुग्दा सबैले न्यानो स्वागत र सत्कार गरेको भन्दै गाउँमा सडक, बिद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेकाले त्यसमा आफूहरुको ध्यानाकर्षण भएको बताएकी छिन् ।

‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महशुस गरेँ । किनकी त्यहाँ सडक, बिद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहे छ’, शेर्पाले भनेकी छिन्, ‘अवश्य नै म र मेरो श्रीमान माननीय मुख्य मन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ ! सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’