काठमाडौं । बहराइनका राजपरिवार सदस्य शेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली सोमबार नेपाल आएका छन्। बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर नेपाल आएका उक्त टोलीले विश्वको सर्वोच्च शिखर‘सगरमाथा’ को आरोहण गर्ने जनाइएको छ ।

गत अक्टोबर २०२० मा लोबुचे र मनास्लु हिमाल आरोहण गरेर फर्किएका उक्त टोलीले यसपटक भने सगरमाथाको आरोहण गर्न लागेका हुन् । १३ जना बहराइन नागरिकसहित ३ जना बेलायती नागरिक समेत रहको उक्त टोलीले सगरमाथा आरोहणसहित नेपालको केहि जिल्ला घुम्ने योजना समेत बनाएको छ ।

सो अवसरमा टोलीले गोरखाको जिल्लाको चुमनुब्री गाउँपालिकास्थित समा गाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्धको खोप निःशुल्क प्रदान गर्नेछन् । यो टोली न्यूनतम ८० दिन नेपालमा रहनेछ । कुनै पनि देशका राज परिवारले सगरमाथा आरोहण गर्न लागेको यो पहिलो पटक हो।