हुन त यौ न स म्ब न्धको लागि परिपक्व उमेर र दुवै जनाको सहमति भए पुग्छ । तैपनि हाम्रो देशमा विवाहलाई यौ न स म्ब न्धको अनौपचारिक स्वीकृति मानिन्छ । विवाहपूर्व यौ न स म्ब न्ध कानुनी रुपमा प्र तिबन्धित नभए पनि हामीकहाँ सामाजिक रुपमा भने यो कुरालाई असहज मानिन्छ । तर, जापान सरकारको अगाडि भने अर्को संकट आएको छ । यहाँ मानिसहरुले विवाह त गर्छन् तर यौ न स म्बन्ध राख्दैनन् । जापानमा कैयौं विवाहित जोडीहरुले ‘से क्स फ्रि’ जीजन बिताइरहेका छन् ।

जापानमा कैयौं मानिसहरु यस्ता छन् जो जीवनभर अविवाहित रहन्छन् । हुन त अरु देशमा पनि आजीवन अविवाहित रहनेहरु छन् तर जापानमा यस्ता मानिसहरुको संख्या अन्यत्रभन्दा उच्च छ । त्यसमाथि विवाह गरेकाहरुले पनि यौ नसम्बन्धबाट तर्किन थालेपछि जापानमा जन्मदरमा लगातार गिरावट आइरहेको छ । समाचार एजेन्सी डिपीएको रिपोर्टअनुसार जापानमा यस्ता मानिसहरुको संख्या लगातार बढिरहेको छ जो जीवनभर सिंगल रहन चाहन्छन् । यही कारण जापानमा कूल जनसंख्यामा वृद्धवृद्धाको संख्या लगातार बढिरहेको छ ।

यो स्थिति निकै चि न्ता जनक हो र यसलाई जापान सरकारले पनि अहम संकटको रुपमा हेरिरहेको छ । यसबाट देशको अर्थतन्त्रमा पनि खराब असर परिरहेको छ । मेरिको नामकी महिलाका अनुसार उनी आफ्नी एक मित्रका विषयमा चिन्तित छिन् किनकि उनकी मित्र बच्चा चाहन्छिन् तर उनकी मित्रका पति भने यौ नस म्ब न्ध राख्नै चाहँदैनन् । मेरिको आफैं पनि पति र बच्चा चाहन्छिन् तर यसको लागि उनले आफ्नो लागि उचित पति भेट्नै सकिरहेकी छैनन्।

चुओ युनिभर्सिटीका प्रोफेसर मसाहिरो यामडाको अनुमान अनुसार जापानका करिब २५ प्रतिशत युवा सम्भवतः जीवनभर सिंगल रहनेछन् र कहिल्यै बिहे गर्ने छैनन् । रिपोर्टका अनुसार पछिल्लो ३ दशकमा जापानमा सिंगल व्यक्तिहरुको संख्या धेरै बढेको छ । जापानमा पनि सामान्यतया महिलाले घरको काम हेर्ने र पुरुषले बाहिर कमाउने परम्परा चलिआएको छ । तर, देशको अर्थतन्त्र राम्रो नभएका कारण महिलाहरुले राम्रो कमाइ भएका पार्टनर पाउन सकिरहेका छैनन्। अर्कोतर्फ देशमा कैयौं व्यक्ति यसकारण पनि सिंगल छन् किनकि अधिक कामका कारण उनीहरुसँग खाली समय नै रहँदैन ।

२०१५ मा थाहा भएको थियो कि १९९२ को तुलनामा देशमा २०१५ मा आइपुग्दा १८ देखि ३९ वर्ष उमेरका युवाहरुमा सिंगल महिलाको संख्या मात्र २२ लाख बढी भइसकेको थियो । त्यही अवधिमा सिंगल पुरुषहरुको संख्या १७ लाख बढेको थियो । अहिले जापानको कूल जनसंख्या करिब साढे १२ करोड छ । एक अध्ययनमा जापानमा हरेक ४ मध्ये एक महिला र हरेक ३ मध्ये एक पुरुष ३० वर्षभन्दा धेरै उमेर भइसक्दा पनि सिं गल भएको खुलासा भएको थियो । यीमध्ये आधालाई वैवाहिक स म्ब न्धमा रुचि थिएन । रिपोर्टअनुसार जापानमा उमेर पुगेका तर भ र्जि न अर्थात कु मा रित्व नै नगुमाएका व्यक्तिहरुको संख्या पनि बढिरहेको छ ।

यो पनि, मूल्यवृद्धिको मारमा उपभोक्ता

दिवसको अवसर पारेर उपभोक्ता अधिकारबारे धेरै गोष्ठी र भाषण हुन्छन् । उपभोक्ताको खास अवस्था कस्तो छ भनेर गोरखापत्रले उपभोक्ताको भान्साका दुई पदार्थ तेल र दालबारे बुझेको छ । तेल र दाल मात्र नभई तरकारी, चामल, फलफूलको पनि मूल्य चर्को छ ।

यीबाहेक अरू उपभोग्य वस्तु, निर्माण सामग्रीलगायतको मूल्य पनि धेरै बढेको छध्र तीन वर्षयता तेलको भाउ एक सय रुपियाँसम्म महँगिएको छ । यसबीचमा सबैभन्दा बढी भटमास (सोयाबिन) र सूर्यमुखी (सनफ्लावर) तेलको भाउ एक सय रुपियाँसम्म महँगो भएको हो । २०७५ साल माघमा भटमास र सूर्यमुखी तेलको मूल्य प्रतिलिटरको क्रमशः १३५ र १४५ रुपियाँ रहेकोमा २०७७ माघमा २३५ रुपियाँसम्म पुगेको पाइएको छ।

यस्तै पछिल्लो पटक तोरीको तेल पनि प्रतिलिटरमा ५० रुपियाँसम्म महँगो भएको छ । नेपाल खुद्रा व्यापार सङ्घले २०७५, २०७६ र २०७७ सालमा सार्वजानिक गरेका तथ्याङ्कमध्ये हरेक वर्षको माघको तथ्याङ्कलाई आधार मानेर विश्लेषण गर्दा भटमास तेलको प्रतिलिटरको भाउ एक सय रुपियाँसम्म बढेको पाइएको हो । सङ्घका अनुसार ती वर्षमा माघ महिनाको भटमास तेलको भाउ क्रमशः १३५, १६० र २३५ रुपियाँ रहेको छ । य‚तै सोही अवधिमा सनफ्लावर तेलको भाउ क्रमशः १४५, १६० र २३५ रुपियाँमा कारोबार भएको पाइएको छ ।