ट्रम्पको कार्यकारी आदेश खारेज भएपछि के दूतावास वा कन्सुलेटले डिभी २०२० का विजेताहरुलाई भिसा जारी गर्न सुरु गर्नेछ ?

विद्यमान कानून अनुशार कन्सुलेटहरुलाई सन् २०२० को सेप्टेम्बर ३० पछि २०२० का डिभी विजेताहरुलाई भिसा जारी गर्न अनुमति छैन । यद्यपी संघीय न्यायाधिसको आदेशले मुद्दामा विजयी भएको खण्डमा डिभी २०२० का लागि ९०९५ भिसा छुट्याउन आदेश दिएको छ । तर मुद्दा अहिलेपनि पेन्डिङ अवस्थामा रहेकाले ती भिसाहरु उपलब्ध हुने नहुने अहिले नै किटान गर्न सकिने अवस्था छैन । अर्को शब्दमा भन्दा गोमेज मुद्दामा विजय हासिल नभएसम्म कन्सुलेटहरुले डिभी २०२० का विजेताहरुको भिसा प्रकृया अगाडि बढाउने छैनन् ।

डिभी २०२० का कति विजेताहरुले भिसा पाउनेछन् ?

यदि डिस्ट्रिक्ट कोर्टमा जितेको खण्डमा अदालतले सरकारलाई संरक्षण गरिएका ९ हजार ९५ भिसा जारी गर्न आदेश दिएको छ । अमेरिकी विदेश मन्त्रालयले डिभी २०२० का विजेताहरु झण्डै २७ हजारलाई भिसा जारी हुने अनुमान गरेको छ । यो सामान्यतया अन्य बर्षको तुलनामा झण्डै आधा हो । अदालतमा भिसा विजेताका तर्फबाट गरिएको बहसमा ४३ हजार भिसा जारी गर्न माग गरिएको थियो । तर महामारीको कारण दूतावास र कन्सुलेटको कार्यक्षमतामा कमी आएकाले अदालतले उक्त माग अस्वीकार गरेको थियो ।

अदालतले आदेश दिएका डिभी २०२० का ९ हजार ९५ विजेताको भिसा कहिले प्रकृयामा लगिनेछ ?

यदि अदालतमा डिभी विजेताका तर्फबाट जीत हासिल भएमा अदालतले सरकारले डिभी २०२० का विजेताहरुका लागि ९ हजार ९५ भिसा जारी गर्न आदेश दिनेछ । मुद्दाबारेको निर्णय मार्च महिनाभर आउने अपेक्षा गरिएको छ ।अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०२० को सेप्टेम्बर ३० अगाडि भिसा जारी नभएका डिभी २०२० का विजेतालाई अन्तरवार्ता नलिने र भिसा जारी नगर्ने सुचना निकालेको साँचो हो ?

अमेरिकी सरकारको विदेश मन्त्रालयले मुद्दाको वर्तमान अवस्थाका आधारमा उक्त सुचना निकालेको साँचो हो । जस अनुशार सरकारले सन् २०२० को सेप्टेम्बर ३० अगाडि भिसा जारी नभएका डिभी २०२० का विजेतालाई अब भिसा जारी गर्न मिल्दैन । तर अदालतले ९०९५ भिसा छुट्याउन आदेश दिएकाले यसको टुंगो फैसलाको सारांशको बेलामा लाग्नेछ । सम्भवत मार्चको अन्तिमसम्म यो टुंगो लाग्नेछ । सारांश फैसलामा डिभी विजेताका तर्फबाट जीत भएमा डिभी २०२० का विजेताहरुका लागि थप ९ हजार ९५ भिसा जारी गर्न प्रकृया सुरु हुनेछ ।मेरो डिभी २०२० को भिसा गत सेप्टेम्बरमा जारी भएको थियो र अब भिसा सकिदैछ ? के मेरो भिसा स्वत ६ महिना थपिन्छ ?

यदि तपाईको डाइभर्सिटी भिसा फेबु्रअरी १७ र २८ का बीचमा सकिएको छ भने तपाईको भिसा अदालतको आदेश अन्तरगत थपिदैन । अर्थात् उक्त अवधिमा भिसा सकिएर तपाई अमेरिका आउनुभएको छैन भने तपाई अब आउन नपाउने हुनसक्छ । तर फेबु्रअरी २८ पछि भिसाको म्याद सकिनेहरुका सन्दर्भमा भने स्वत ६ महिना थपिनेछ । उदाहरणका लागि भिसाको म्याद मार्च १५ मा सकिदैछ भने स्वत लम्बिएर कार्यकारी आदेश खारेज भएको मितिले ६ महिना अर्थात् फेब्रअरी २४ को ६ महिनापछि अगस्त २४, २०२१ मा भिसा सकिनेछ । तर दूतावास र कन्सुलेटले नयाँ स्टीकर जारी नगर्ने बताएकाले एक्सपायर भिसामा नै यात्रा गर्नुपर्नेछ ।

अमेरिकन इमिग्रेशन लयर एसोसिएसनको सहयोगमा