नुवाकोट । काठमाडौँ- नुवाकोट- रसुवाको पासाङ ल्हामु राजमार्गको बालाजु(रानीपौवा खण्डको कालोपत्रेको काम रोकेका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी बदनाम ठेकेदार शारदाप्रसाद अधिकारीलाइ का’रबाहीको माग गर्दै पी’डित उपभोक्ताले काठमाडौँको तिनपिप्लेमा फोहोरका सवारी रो’केर बि’रोध जनाउने भएका छन ।

उनीहरूले आइतबार बिहान ८ बजे तिनपिप्लेबाट फोहोराका सवारी नुवाकोट प्रवेश गर्न नदिने जनाएका छन ।बि’रोध कार्यक्रमा सांसददेखि सरकारी अधिकारीसमेत सहभागी हुँदैछन । प्रचण्डको संरक्षणमा बाटो भ’त्काएर नबनाइ बसेका ठेकेदार अधिकारीले सरकारले जे’ल हाल्ने चे’तावनी दिएपछि एक साता काम गरेका थिए तर पछि रो’केपछि स्थानीय र उपभोक्ता आ’क्रोशित बनेका छन ।

झण्डै एक दशकदेखि अ’लपत्र पारेको काठमाडौँ- नुवाकोट -रसुवाको पासाङ ल्हामु राजमार्गको बालाजु- रानीपौवा खण्डको कामले अझै गति लिन पाएका छैनन् ।सडक भ’त्काएर बाटो बि’गिरीदिँदा समयमै अस्पताल पुग्न नपाएर दर्जनौँ बि’रामीले ज्यान गु’माउन बा’ध्य भएका छन ।

सरकारको पटक पटक ध्यानाकर्षण गराउँदा समेत काम भएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङसँग नुवाकोटका सबै सांसदले मन्त्रालयमै पुगेर सडक निर्माणको सुस्तता ह’टाइदिन अनुरोध गरेपछि यसअघि उक्त सडकको आयोजना प्रमुख भएर प्रचण्डका घरबेटीसँग कमिसन खाएर कुनै ताकेता समेत नगरी बसेका निरज शर्माको सरूवा भएको थियो ।