गत कात्तिक २७ गते भोजपुर हतुवागढी गाउँपालिका-६ घर भएका २५ वर्षीय पुजन राई ‘रहस्यमय’ ढंगले बेपत्ता भए। बेपत्ता भएको चार महिना पुग्न लाग्दा पनि उनको अत्तोपत्तो छैन।

उदयपुरको चौदण्डीगढी नगरपालिका-४ मा बसोबास रहेको उनका परिवारका अनुसार पुजन सिन्धुपाल्चोक बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायक थिए।
पुजन त्यहाँ काम गर्न थालेको ९ महिना पुग्दैथियो। उनी अस्थायी दरबन्दीमा काम गरिरहेका थिए।

यो चार महिनामा आफन्तले पुजनको खोजीका लागि बाह्रबिसे प्रहरी, सिन्धुपाल्चोक प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइसकेका छन्।

सोही शिलशिलामा उनीहरूले फागुन १५ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर घटनाबारे सुनाएका थिए। प्रहरीले खोजी गरिरहे पनि पुजनलाई फेला पार्न नसकेको बताएको छ। केन्द्रीय अनुसन्धान ब्युरोबाट पुजनको खोजीका लागि टोली खटिरहेकै छ।

सिन्धुपाल्चोक प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) नेतृत्वमा पुजनको खोजी गरिरहेको बताएको छ। तर पुजन आफैं हराए वा कसैले बेपत्ता पार्‍यो भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन।

उनी त्यस दिन को २१प ५७९९ नम्बरको बुलेट मोटरसाइकल लिएर हिँडेका थिए। एसपी अधिकारीका अनुसार पुजन २८ गते काभ्रेमा देखिएको प्रहरीको टेक्निकल अनुसन्धानबाट पुष्टि भएको छ। काभ्रेबाट मोबाइल स्वीच अफ गरेर हराएका पुजन फेला नपर्नु ‘रहस्यमय’ नै रहेको अधिकारीले बताए।

‘हाम्रो टेक्निकल अनुसन्धानमा पुजन काभ्रे पुगेको देखिइसकेको छ। २७ गते साँझ उनले आफ्ना आफन्तसँग कुराकानी गरेको पनि देखिएको छ,’ अधिकारीले भने, ‘काभ्रे पुगेपछि भने उनी मोबाइल स्वीच अफ गरेर हराए।’

ट अनुसन्धान गर्दा पुजनको अवस्था पत्ता लाग्न नसकेको अधिकारीले बताए। अहिलेसम्मका तथ्यले पुजन बेपत्ता ‘रहस्यमय’ र संयोग पनि उस्तै देखिन्छ।

आफन्तका अनुसार पुजन २७ गते कार्यालय बिदा भएपछि निस्केका थिए। आफूसँगै काम गर्ने एक जना युवतीलाई उनले बाह्रबिसे प्रहरी बिट छेउमा छोडे। आफू भने भोटेकोशी गाउँपालिकाको चाकु भन्ने ठाउँमा गए। त्यहाँ गएपछि उनका साथी राकेश श्रेष्ठसँग भेट भयो।

राकेशले हिन्दी भन्ने ठाउँमा लगे। पुजनको बुलेट राकेशले हाँके। ‘त्यहाँ राकेशले दूध, एक क्वाटर खुकुरी रम र चुरोट मागे। दुवैले पिए,’ पसलेलाई उद्धृत गर्दै उनका बुवा लालकुमार राई भन्छन्।

हिन्दीमै अरू व्यक्ति सविन कार्की, रवि पौडेल र गणेश खड्कासँग भेट भएको ती पसलेले बताएको बुवा लालकुमारले जनाए। त्यसपछि राकेश आफैं मोटरसाइकल हाँकेर चाकु फर्केको श्रेष्ठले प्रहरीलाई बताएका छन्।

चाकु फर्केर उनले मोटरसाइकल बनाउन खोजेको सम्म बुझिएको छ। त्यहाँ पुग्दा साँझ परिसकेको थियो। उनले त्यहाँ के-के गरे, कतिबेर बसे भन्ने स्पष्ट खुलेको छैन। बुवा लालकुमार भने त्यहाँ गएर उनले शिव खड्कासँग भेट गरेकोसम्म बुझिएको बताउँछन्। चाकु हुँदै बाह्रबिसे फर्केका पुजन त्यसपछि किन काभ्रे गए भन्ने पनि ‘रहस्य’मै छ।

बाँकि तलको भिडियोमा हेर्नुहोस